काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपली क्षेत्रमा शंकास्पद वस्तु फेला परेको छ। चपलीबाट माथिल्लो भंगालतर्फ जाने भित्री सडकमा कागजले बेरिएको र तार जडान गरिएको प्रेसर कुकर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार उक्त वस्तु बम हो वा नक्कली (होक्स) हो भन्ने विषयमा यकिन हुन बाँकी छ। मध्यराति फेला परेको उक्त शंकास्पद वस्तुलाई बुधबार बिहान नेपाली सेनाले निष्क्रिय पार्ने तयारी गरेको छ।

advertisement

घटनास्थलमा सेनाको बम डिस्पोजल टोली पुगेर डिस्पोज गर्ने प्रयास गरिरहेको छ। चपलीस्थित मसला फ्याक्ट्रीबाट चुनीखेल जाने सडक खण्डमा उक्त वस्तु भेटिएपछि रातभर सो क्षेत्रमा सुरक्षाकर्मीले आवतजावत बन्द गराएका थिए।

बम निष्क्रिय पार्न सेनाको चन्दननाथ गणबाट १५ सदस्यीय टोली परिचालन गरिएको छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी पनि तैनाथ रहेका छन्।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com