काठमाडौँ । पर्साको पर्सागढी नगरपालिका–३ बडनियार बजार क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सवार गाडीबाट शंकास्पद सामग्री बरामद भएको छ।

हरपुरबाट बडनियारतर्फ जाँदै गरेको बा.१० च १२५० नम्बरको गाडी सशस्त्र प्रहरीले रोकी जाँच गर्दा बम बनाउन प्रयोग हुने टेपले बेरिएको टिन, तार लगायतका सामग्री फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकृतले जानकारी दिएका छन्। उक्त गाडी पर्सा–२ का उम्मेदवार ४६ वर्षीय मनोज कुमार चौधरीको भएको बताइएको छ।

advertisement

घटनापछि गाडी चालक २६ वर्षीय सहाब आलम अन्सारी, धनुषा घर भएका ३० वर्षीय सुरज कार्की तथा पर्सागढी–बिरुवाटोल निवासी ६८ वर्षीय सत्यनारायण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उम्मेदवार चौधरीलाई पनि प्रहरी निगरानीमा राखिएको छ।

घटनासम्बन्धी थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पर्साले गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com