काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सिराहा–३ का उम्मेदवार अशेश्वर यादव र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पर्सा–२ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई मौनअवधिका बेला शंकास्पद गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिइएको हो। जसपा नेपालका उम्मेदवार यादव नगदसहित पक्राउ परेको जानकारी प्रहरीले दिएका छन्।

प्रहरीका अनुसार, नेपाल–भारत सीमास्थित माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो। जाँचको क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

advertisement

त्यसैगरी, नेकपाका पर्सा–२ का उम्मेदवार चौधरीलाई नियमित सुरक्षा जाँचको क्रममा बडनिहार क्षेत्रबाट पक्राउ गरिएको हो। चौधरी सवार गाडी रोकी चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतले जानकारी दिए।

डिएसपी बस्नेतका अनुसार चौधरीको गाडीबाट केही शंकास्पद वस्तु पनि फेला परेको छ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com