एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले पहिलो दुई दिनमा आफ्नो प्रतिशोधात्मक आक्रमणमा लगभग ६५० अमेरिकी सैनिक मारिएको वा घाइते भएको दाबी गरेको छ।

कोर्प्सले यस्तो दाबी गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

आईआरजीसीका प्रवक्ताका अनुसार इरानले बहराइनमा रहेको अमेरिकी नौसेनाको पाँचौं फ्लीटको मुख्यालय र सैन्य अड्डाहरूमा धेरै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ। इरानले आफ्नो क्षेप्यास्त्र आक्रमणबाट अमेरिकी सैन्य जहाजमा ठूलो क्षति पुगेको पनि दाबी गरेको छ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com