काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ११ हजार रूपैयाँ घटेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रतितोला तीन लाख १७ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीकाे मुल्य पनि २७५ रुपैयाँले घटेर पाँच हजार ५४० रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन पाँच हजार ८१५ रुपैयाँ तोकिएको छ ।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया