काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पैसा बाँडिरहेको अवस्थामा पक्राउ परेका धनुषा क्षेत्र नम्बर–४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरा हाजिर जमानीमा रिहा भएका छन्।

मंगलबार पक्राउ परेका महरालाई धनुषा प्रहरीले बोलाएको बेलामा उपस्थित हुने शर्तमा हाजिर जमानीमा रिहा गरेको धनुषा एसपी रुगम कुँवरले रातोपाटीलाई जानकारी दिए।

advertisement

उनको साथबाट प्रहरीले ४८ हजार ५ सय रुपैयाँ नगद र पैसासम्बन्धी हिसाब राखिएको डायरी बरामद गरेको छ। एसपी कुँवरका अनुसार, पक्राउ परेपछि महरासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com