काठमाडाैं । युट्युबर रतन कार्कीले मौन अवधिमा हालेको भिडिओ हटाएपछि फर्किएका छन्।

मौन अवधिमा भिडिओ प्रसारण गरेपछि बुधबार कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनमा बोलाएको डिएसपी रविन्द्र खनालले बताए।

advertisement

उनका अनुसार बोलाएपछि कार्की उपस्थित भएका थिए।

निर्वाचनको मौन अवधिको क्रममा उनले पोष्ट गरेको सामग्री आचारसंहिता विरूद्ध भएको खनालले बताए।

‘उनले भिडिओ हालेकाे कारण हामीले बोलाएका थियौं। उहाँ आएर मौन अवधिमा भिडिओ हाल्न नमिल्ने थाहा नभएको बताउनुभयो। भिडिओ हटाएपछि जानुभयो,’ उनले भने।

सअघि केन्द्रीय प्रवक्ता एवं डिआइजी अबिनारायण काफ्लेले उनलाई नियन्त्रणमा लिएको जानकारी दिएका थिए।

कार्की हुने निर्वाचनका लागि जापानबाट फर्किएका थिए।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com