काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित, शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको परिषद्को बैठकले निर्वाचन सुरक्षासम्बन्धी समग्र अवस्थाको समीक्षा गर्दै कुनै पनि किसिमको सुरक्षा अभाव हुन नदिने निर्णय गरेको हो।

advertisement

बैठकपछि रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए। साथै, मुलुकभर शान्ति–सुरक्षा र अमनचयन कायम राख्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी तथा समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय समेत गरिएको उनले बताए।

बैठकमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विभिन्न चुनौती, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा देखिएका घटनाक्रमले नेपालमा पार्न सक्ने सम्भावित प्रभाव र त्यसअनुसार अपनाउनुपर्ने भावी रणनीतिबारे पनि विस्तृत छलफल गरिएको थियो।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल तथा प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com