काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले मध्यपूर्वमा युद्धका कारण सङ्कटमा परेका नेपाली नागरिकको उद्धारका लागि सरकारलाई तत्काल सक्रिय हुन आग्रह गरेका छन्।

खाडी क्षेत्रमा चर्किएको द्वन्द्वका कारण त्यहाँ कार्यरत तथा बसोबास गरिरहेका नेपालीहरू जोखिममा परेको उल्लेख गर्दै उनले सरकारलाई सम्पूर्ण शक्ति परिचालन गर्नुपर्ने बताएका हुन्।

advertisement

बास्कोटाले भने, ‘खाडी क्षेत्रमा चर्केको युद्धका कारण संकटमा फसेका र फस्न सक्ने नेपालीहरूको सुरक्षा र उद्धारका लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति अविलम्ब लगाउनुपर्छ। ‘नजिकबाट नियालिरहेका छौँ’, ‘सम्पर्कमा छौँ’, ‘समन्वय गरिरहेका छौँ’ जस्ता झारा टारुवा र बकम्फुसे कुराको कुनै काम छैन।’

उनले नागरिकको सुरक्षा सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै जोखिम क्षेत्रमा रहेका नेपालीको सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com