काठमाडौं । झापामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उत्साहपूर्ण वातावरणमा मतदान सुरु भएको छ। मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईं ले निर्धारित समयमै मतदान प्रक्रिया सुरु भएको जानकारी दिएका छन्।

झापा का पाँच वटा निर्वाचन क्षेत्रबाट ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। जिल्लामा ७ लाख १३ हजार ५३७ मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ।

advertisement

मतदातामध्ये ३ लाख ५८ हजार ३४६ पुरुष, ३ लाख ५५ हजार ८३ महिला र ८ जना अन्य रहेका छन्। जिल्ला निर्वाचन कार्यालय का अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनको तुलनामा यस पटक ५० हजार २२६ मतदाता र ४९ वटा मतदान केन्द्र थपिएका छन्।

जिल्लाभर २८५ मतदानस्थलमा ८१५ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन सम्पन्न गराउन ८१५ मतदान अधिकृतसहित कुल चार हजार ९३६ कर्मचारी परिचालन गरिएको छ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com