काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मतदान गरेका छन् ।
बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका- १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट अध्यक्ष दाहालले मतदान गरेका हुन् ।
उनी रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत छन् । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो ।
देशभर मतदान कार्य जारी छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया