काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनमा मतदान गरेका छन्। उनले चितवन क्षेत्र नम्बर ३, भरतपुर–१४ स्थित नेपाल प्रहरी विद्यालय मतदान केन्द्रबाट आफ्नो मत खसाल्नु भएको हो। यस निर्वाचनमा सोही क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल उम्मेदवार छन्।
उक्त क्षेत्रमा अन्य प्रतिस्पर्धी उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ, नेकपा एमालेबाट शंकर थपलिया र राप्रपा बाट दीपक थापा रहेका छन्।
मतदान सकेपछि दाहाल चितवनबाट आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्वतर्फ प्रस्थान गरेका छन्।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया