काठमाडौं । फागुन २१ गते बिहान ७ बजेदेखि देशभर मतदान प्रक्रिया सुरु भएको छ । साँझ ५ बजेसम्म चल्ने मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । बिहानैदेखि मतदाताहरू उत्साहका साथ आ–आफ्ना मतदान केन्द्रमा पुग्न थालेका छन् ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की ले काठमाडौँको धापासीबाट आफ्नो मत खसालेकी छन् ।
प्रधानमन्त्री कार्कीले शपथ ग्रहण गरेलगत्तै “यो सरकार चुनावी सरकार हो, हामी चुनाव गराएरै छाड्छौँ” भन्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । त्यतिबेला धेरै राजनीतिक वृत्तमा चुनाव हुने/नहुनेबारे आशंका व्यक्त गरिएको थियो । कतिपय शीर्ष नेताहरू नै निर्वाचनको पक्षमा नदेखिएको चर्चा पनि चलेको थियो ।
तर अन्ततः तोकिएकै मितिमा देशभर मतदान सुरु भएसँगै प्रधानमन्त्री कार्कीले आफ्नो प्रतिबद्धता पूरा गरेकी छन् । चुनाव सम्पन्न गराएर बिदा हुने तयारीमा रहेकी कार्कीको नेतृत्वमा भएको यो निर्वाचनमार्फत आज जनताले आफ्नो नयाँ नेतृत्व चयन गर्नेछन् ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया