काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले संविधानलाई सही मार्गमा ल्याउन चुनाव अनिवार्य भएको बताएका छन्। काठमाडौं–४ स्थित मतदान केन्द्रबाट मतदान गरेपछि उनले राजनीतिक अनिश्चितता अब अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।
थापाले निर्वाचन सम्पन्न गराउन भूमिका निभाउने सरकार र निर्वाचन आयोग प्रति आभार व्यक्त गरेका छन्। साथै, सबै राजनीतिक दलहरूले उत्साहपूर्वक निर्वाचनमा सहभागी भएर संविधान र लोकतन्त्रप्रतिको प्रतिबद्धता पुष्टि गरेको उनले बताए।
‘लामो समयसम्म राजनीतिक अनिश्चितता रहन्छ कि भन्ने चिन्ता थियो। त्यसैले यो निर्वाचन संविधानलाई ट्र्याकमा ल्याउन अनिवार्य थियो,’ उनले भने, ‘निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंकाबीचमा मतदान भयो। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ भन्ने विश्वास छ।’
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया