काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापाले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

थापाले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । निर्वाचनको दिन बिहानै मतदान केन्द्र पुगेर मत खसालेपछि उनले शान्तिपूर्ण तथा उत्साहजनक रूपमा निर्वाचन भइरहेको बताएका छन् ।

advertisement

फागुन २१ गते हुने यो प्रतिनिधिसभा सदस्य निर्वाचनमा थापा सर्लाही–४ बाट मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् । उनको उम्मेदवारीपछि सर्लाही–४ चुनावी मैदानको प्रमुख केन्द्रबिन्दु बनेको छ । थापाले मतदानपछि मतदातालाई धन्यवाद ज्ञापन गर्दै स्वच्छ र निष्पक्ष निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।

देशभर मतदान जारी छ । प्रारम्भिक जानकारीअनुसार मतदान केन्द्रहरूमा मतदाताको राम्रो उपस्थिति रहेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ र निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको प्रहरी तथा निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com