काठमाडौं । अभिनेत्री रेखा थापाले आज काठमाडौं–४ अन्तर्गत चावहिलस्थित पशुपति क्याम्पस मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेकी छन्।
विहीबार देशभर शान्तिपूर्ण निर्वाचन प्रक्रिया जारी छ। मतदानपछि रेखाले आफ्नो फोटो सामाजिक सञ्जालमा सेयर गर्दै सबै दललाई देश निर्माणका लागि शुभकामना दिएकी छन्। साथै उनले नागरिकहरूलाई पनि आफ्नो मतदान केन्द्रबारे सोध्दै सहभागी हुन आग्रह गरेकी छन्।
रेखाले लेखेकी छन्, ‘मिलेर र मिलाएर देश बनाउन शुभकामना सबै दललाई! मैले काठमाडौं–४ बाट मतदान गरेँ। तपाईंहरू कहाँबाट मतदान गर्दै हुनुहुन्छ?’
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया