काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह ‘बालेन’ ले झापा क्षेत्र नम्बर ५ मा मतदान गर्न हेलिकप्टर प्रयोग गर्दा सुरक्षा कारणले काठमाडौं फर्किनु परेको छ।
बिहीबार बालेनले काठमाडौंबाट झापातर्फ जाने क्रममा निर्वाचन आयोगबाट अनुमति लिएर हेली एभरेस्टको हेलिकप्टर उडाएका थिए। उनी झापा पुग्नुअघि ओखलढुंगाको आकाशमा पुगेपछि उच्च सुरक्षा निकायबाट आएको हाई अलर्टका कारण हेलिकप्टरलाई झापामा अवतरण गर्न नदिइएको हो।
सुरक्षा चुनौती बढेको सूचना पाएपछि बालेनसहित पाँच सदस्यीय टोली काठमाडौं फर्किएको निर्वाचन स्रोतले जनाएको छ।
निर्वाचन आयोगले बालेनलाई उक्त रुटमा हेलिकप्टर प्रयोग गर्न अनुमति दिँदा, लाग्ने खर्च छुट्टै अभिलेख राखेर आवश्यकता परे आयोगलाई उपलब्ध गराउने शर्त राखेको थियो।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया