काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आज झापा नजाने भएका छन्।

बिहान उनलाई लिएर झापातर्फ उडेको हेलिकोप्टर सुरक्षा चुनौती देखिएको भन्दै बीचबाटै काठमाडौं फर्काइएको थियो।

advertisement

बालेनको सचिवालयका अनुसार उनी आज काठमाडौंमै रहनेछन् भने भोलि बिहान झापा जाने कार्यक्रम तय गरिएको छ। उनका निकट सहयोगी कुमार बेनका अनुसार बालेन भोलि कुन माध्यमबाट झापा जाने भन्ने विषयमा भने अहिलेसम्म टुंगो लागेको छैन।

रास्वपाबाट झापा–५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका बालेन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिस्पर्धी हुन्।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com