काठमाडौं । रौतहटमा अर्कै व्यक्तिको नाममा मतदान गर्न खोज्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब साढे ११ बजे राजपुर नगरपालिका–९ बैरिया का १८ वर्षीय अरजे हयात बैरियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनी बैरिया अनाथालय मतदान स्थल मा बस्ने महमद आसिकको नाममा मतदान गर्न लाइनमा बसेका थिए। लाइनमै बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो। हाल उनलाई इप्रका राजपुर पठाइएको छ।

advertisement

त्यसैगरी, अर्काको नाममा मतदान गर्न लाइनमा बसेकी नुजमा बेगमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। तर उनी बेहोस भएपछि उपचारका लागि आफन्तको जिम्मामा छाडिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com