काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिका–४ मा विवादका कारण रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार मतदानका क्रममा हराएका मतपत्र पनि सबै फेला परिसकेका छैनन्।

मतदानको क्रममा दलगत कार्यकर्ताबीच झडप हुँदा कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो। सोही क्रममा केही मतपत्र हराएको बताइएको छ।

advertisement

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले हराएका मतपत्रको खोजी कार्य जारी रहेको जानकारी दिए। उनले भने, ‘५४/५५ वटा मतपत्रमध्ये ४४ वटा फेला परेका छन्, बाँकी मतपत्रको खोजी जारी छ।’

मतदान पुनः सुरु गर्नका लागि सर्वदलीय छलफल भइरहेको छ। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही बुथ एजेन्टहरूलाई नियन्त्रणमा पनि लिएको छ। तामाकोसी–४ का यज्ञबहादुर श्रेष्ठ, अनिल श्रेष्ठ, अर्जुन योगी लगायतलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

स्थानीय प्रशासनका अनुसार मतपत्र चोरी हुन थालेपछि बुथ एजेन्टहरूलाई सुरक्षित स्थानमा राखिएको जानकारी दिइएको छ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com