बुटवल। नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु पौडेलले फागुन २१ गतेको निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको बलियो आधार तयार गर्ने बताएका छन् ।

बिहीबार बुटवलमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले भने, “अहिलेको निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व, विकास र समृद्धिसँगै सुशासन र सामाजिक न्यायको बलियो आधार तयार गर्नेछ ।”

advertisement

उनले कुनै हल्लाका पछाडि नलागी शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताउँदै मतदाताले लोकतान्त्रिक अधिकारलाई निर्वाध ढंगले उपयोग गरिरहेको उल्लेख गरे । “हल्लाको पछाडि मतदाता छैनन्,” उनले भने, “मतदाताले आफ्नो विवेक प्रयोग गरेर मतदान गरिरहेका छन् । यो निर्वाचनले मुलुकलाई स्थिरता र समृद्धिको बाटोमा लैजानेछ ।”

पौडेलले निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक रूपमा भइरहेको बताउँदै सबै मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । उनले निर्वाचनपछि बन्ने सरकारले विकास र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

फागुन २१ गते सम्पन्न यो निर्वाचनमा मतदान सम्पन्न भइसकेको छ । मतगणना जारी छ र प्रारम्भिक परिणामहरू क्रमशः आउन थालेका छन् । सुरक्षा व्यवस्था कडा पारिएको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरी तथा निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com