काठमाडौं । झापा–५ निर्वाचन क्षेत्रमा बिहीबार दिउँसो साढे १ बजेसम्म करिब ४५ प्रतिशत मत खसिसकेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म मतदान शान्तिपूर्ण ढंगले जारी छ।
उक्त क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह ‘बालेन’ लगायतका उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया