काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि आज जारी निर्वाचन अहिलेसम्म शान्तिपूर्ण रहेको बताएका छन् । उनले आज पत्रकारहरूसँग बोल्दै निर्वाचनले देशलाई सही दिशामा अघि बढाउने विश्वास व्यक्त गरे ।

बालकोटमा मतदान गरेपश्चात् उनले भने, ‘अहिलेसम्म मैले यस मतदान केन्द्रमा आउँदा शान्तिपूर्ण वातावरणमा उत्साहजनक ढंगले मतदान भइरहेको पाएँ । विभिन्न ठाउँहरूमा सोध्दा, ओखलढुंगामा कति पुष्ट वा अपुष्ट हो, अलिकति केही अशान्तजस्तो एक ठाउँमा सुनियो, अन्यत्र कतै केही सुनिएको छैन । यो राम्रो कुरा हो । सबैतिर शान्तिपूर्ण भएको सुन्नमा आएको छ र ।’

advertisement

बाँकी मतदान पनि अत्यन्तै शान्तिपूर्णरुपमा सम्पन्न हुने आशा उनले व्यक्त गरे । यस निर्वाचनले देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने र संविधानलाई फेरि ट्र्याकमा ल्याउनुपर्ने उनको भनाइ छ ।

ओलीले भने, ‘यस निर्वाचनले देशमा लोकतन्त्रको पुनर्स्थापना र अराजक क्रियाकलाप एवं हिंसात्मक प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्छ । लोकतान्त्रिक बाटोबाट संविधानलाई फेरि ट्र्याकमा ल्याएर सुशासन र विकासमा देशलाई अघि बढाउनुपर्छ । शान्ति–सुशासनको पक्षमा भएका अनुभवी र लोकतान्त्रिक शक्तिलाई अत्यधिक मतले जिताउनुपर्छ ।’

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com