झापा। झापा क्षेत्र नम्बर ५ मा दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार मतदान केन्द्रहरूमा मतदाताको राम्रो उपस्थिति रहेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो ५ बजेसम्म जारी रहनेछ । यस क्षेत्रमा यो पटकको निर्वाचन चौतर्फी चासोको विषय बनेको छ । विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहबीचको प्रतिस्पर्धालाई निकै महत्वका साथ हेरिएको छ ।

advertisement

झापा–५ मा मतदाताको उत्साहजनक सहभागिता रहेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ र मतदान शान्तिपूर्ण रूपमा भइरहेको प्रहरी तथा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदानपछि मतगणना सुरु हुने र प्रारम्भिक परिणामहरू राति नै आउन सक्ने अपेक्षा गरिएको छ । यो क्षेत्रको मतपरिणामले समग्र निर्वाचनको माहोललाई पनि प्रभाव पार्ने देखिन्छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com