काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा अवरुद्ध भएको मतदान अब अर्को मितिमा सञ्चालन गरिने भएको छ।

बुथ कब्जा गर्ने प्रयास भएपछि बिहीबार उक्त मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित गरिएको थियो। स्थगित मतदान पुनः सञ्चालनका लागि नयाँ मिति निर्धारण गर्न जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्।

advertisement

मतदानका क्रममा कांग्रेस र नेकपाका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाका प्रतिनिधिहरूले विरोध जनाएका थिए। त्यसपछि मतदान केन्द्रको अवस्था तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर समेत गरेका थिए।

बुथ कब्जाको प्रयासका क्रममा कांग्रेस र नेकपाका केही कार्यकर्ताले मतपत्रको ठेली बोकेर हिँडेको आरोप लागेको छ। यस घटनामा नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ तथा नेकपाका नेता अर्जुन योगीलगायत संलग्न रहेको बताइएको छ।

उनीहरूविरुद्ध कानुनी कारबाही गर्ने तयारी भइरहेको जनाइएको छ। नियन्त्रणमा रहेका अन्य चार जनालाई सोधपुछपछि रिहा गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। यद्यपि कांग्रेस र नेकपाले भने पक्राउ परेका सबैलाई बिना सर्त रिहा गर्न माग गरेका छन्।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com