हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार दीपक बहादुर सिंहले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

उनले आज बिहान हेटौंडास्थित सिद्धार्थ माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सिंहले लोकतन्त्रलाई सुदृढ बनाउन सबै मतदाताले अनिवार्य रूपमा मतदान गर्नुपर्ने बताए ।

advertisement

उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदातालाई निर्धक्क भएर मतदान केन्द्रमा पुग्न आग्रह गरे । साथै उनले भने, “जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् । यो निर्वाचनले मुलुकलाई नयाँ दिशा दिनेछ ।”

विहीबार बिहानदेखि मकवानपुरका विभिन्न मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । सुरक्षा व्यवस्थालाई कडा बनाउँदै मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

फागुन २१ गते सम्पन्न यो निर्वाचनमा मतदान दिउँसो ५ बजेसम्म जारी रहनेछ । मतदानपछि मतगणना सुरु हुने र प्रारम्भिक परिणामहरू क्रमशः आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com