काठमाडाैं । रौतहट २ का नेकपाका उम्मेदवार किरण शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

नेकपाकाबाट उम्मेदवार बनेका  शाहले  मतदानकै बीचमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।

advertisement

उनले फेसबुकमार्फत सो घोषणा गरेका हुन् । उनले जेनजी आन्दोलनबाट बनेको सरकार निरीह, निरङ्कुश देखिएको आरोप लगाएका छन्। रौतहट २ मा बुथ कब्जा भएको दाबी गरेका छन्।

उनले भने, ‘यो क्षेत्र एकदमै संवेदनशील छ। मेरो निर्वाचन क्षेत्रको अल्पसङ्ख्यक हिन्दु मतदाता भएको ठाउँमा, बहुमत मुस्लिम मतदाता भएको मतदाताहरूबाट मेरो निर्वाचन क्षेत्रको परोहा नगरपालिकाको १, २ झिँगडवामा बुथ कब्जा भएको छ। म झिँगडवा, राजपुर नगरपालिका ३ सेख इद्रिस प्राविका प्रतिनिधिलाई पनि म घर फर्किन आग्रह गर्दछु।’

राजपुर नगरपालिकाका नौबैरिया मदरसा टोलको बुथ र राजपुर कुडिया ६ आधारभूत प्रावि र महमूदिया मदरसा, ईशनाथ नगरपालिकाको ६ नम्बर मोतीगंज जोकहा र ईशनाथ नगरपालिकाको ७ नम्बर घिउरा र देवाही गोनाहीको १, २ लगायतका हिन्दुमाथिको दमन भएको उनको आरोप छ।

उनले प्रशासनको मौनताको कारण बुथ कब्जा गरिएको बताएका छन्। उनले आफूमाथि पनि दुर्व्यवहार भएको भन्दै मतगणनामा आफू सहभागी नहुने भन्दै पुन मतदानको माग गरेका छन्। आफूले जित्ने आधार रहेको भन्दै कांग्रेसले अराजकता देखाएको उनको दाबी छ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com