काठमाडौं । निर्वाचन आयोगले मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि गणना थालिने जनाएको छ । कतिपय ठाउँमा मतपेटिका सङ्कलन धमाधम भइरहेको छ ।

दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिनेछ । जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम (पूर्वी भाग) का सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणनास्थलमा पुर्‍याउने लक्ष्य छ भने सङ्खुवासभा, सोलुखुम्बु, गोरखा र रुकुम (पश्चिम भाग), मनाङ तथा बाजुरा र हुम्लाका मतपेटिका भोलि बिहानसम्म सम्बन्धित मतगणनास्थलमा पुर्‍याइनेछ ।

advertisement

देशभरबाट प्राप्त विवरणअनुसार झन्डै ६० प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान छ । मतदानका लागि तोकिएको समय बेलुका ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका केही केन्द्रमा मतदानको कार्य चलिरहेको जानकारी सम्बन्धित निर्वाचन क्षेत्रबाट प्राप्त भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

छिटफुट अवरोधका घटनाबाहेक मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको चुनाव पर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक विवरणबाट समेत प्राप्त भएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com