काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ को पहिलो मतपेटिकाबाट गणना थालिएको हो ।
मतगणना प्रतिनिधि सुजन पुडासैनीका अनुसार, मतपेटिकाहरूको रुजु प्रक्रिया पूरा भएपछि केहीबेरअघिदेखि मतगणना सुरु गरिएको छ ।यो क्षेत्रमा प्रमुख प्रतिस्पर्धीहरूमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, नेकपा (एमाले) का रामेश्वर फुयाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजु पाण्डे रहेका छन् ।
मतगणना क्रमशः अघि बढ्दै जाँदा अन्य वडाहरूका मतपेटिकाहरू पनि क्रमैसँग खोलिने छन् ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार










प्रतिक्रिया