काठमाडौं । चितवन क्षेत्र–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन्।
शुक्रबार बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार गौतमले ९२५ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले ६७९ मत प्राप्त गरेकी छन्।
निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार नेकपा एमालेका उम्मेदवार शंकर थपलिया २०२ मतसहित तेस्रो स्थानमा रहेका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया