काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठले फराकिलो अग्रता कायम राखेका छन्।
निर्वाचन अधिकृत सम्झना खनालका अनुसार हालसम्म ९,१८५ मत गणना हुँदा श्रेष्ठले ६,१२७ मत प्राप्त गरेका छन्, जुन कूल गणना भएको मतको ६६ प्रतिशतभन्दा बढी हो।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सपना राजभण्डारी भने धेरै पछाडि रहेकी छन्। उनले ७३७ मत प्राप्त गरेको निर्वाचन अधिकृत खनालले जानकारी दिइन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुमन सायमिले ६५६ मत पाएका छन् भने नेकपा एमालेका राजेश शाक्यले ४३३ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया