काठमाडौं । चितवन क्षेत्र–२ को मतगणनामा अहिलेसम्म अग्रस्थानमा रहेका नेकपा एमालेकी अस्मिन घिमिरेलाई पछाडि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शीर्ष स्थानमा उक्लिएका छन्।
मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलका अनुसार लामिछानेले १,१५८ मत प्राप्त गर्दै अग्रस्थानमा पुगेका छन्।
नेकपा एमालेकी अस्मिन घिमिरेले ९०८ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी मिना खरेलले ५३१ मत प्राप्त गरेकी छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया