पोखरा । कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले अग्रता लिएका छन् । कास्की १ मा खड्कराज पौडेल (गनेस)ले फराकीलो अन्तर बनाएका छन् । पौडेलले १ हजार ३ सय ५४ मत सहित अग्रता लिँदा काँग्रेसका तिलक रानाभाटले ५ सय ९५ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका बैनबहादुर अधिकारीको ५ सय २९ मत छ ।

क्षेत्र नम्बर २ मा पनि रास्वपाकै उत्तम पौडेलले लिड गरेका छन् । उनले २ हजार ४ सय १७ मत सहित अग्रता लिँदा एमालेका रश्मि आचार्यको १ हजार २ सय १४ र काँग्रेसका माधव प्रसाद बाँस्तोलाले ७ सय १७ मत पाएका छन् ।

advertisement

क्षेत्र नम्बर ३ मा रास्वपाकी बिना गुरुङ अगाडि छिन् । गुरुङले १ हजार ३ सय २३ मत पाउँदा काँग्रेसका मनोज गुरुङले ५ सय ६१ र एमालेका दामोदर बैरानीले ३ सय ३९ मत ल्याए ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com