काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको निर्वाचनको मतगणना जारी छ । केही निर्वाचन क्षेत्रबाट पहिलो चरणको मत परिणाम सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशभर हावी भएको छ ।
बिहान ८ बजेसम्मको नजिताअनुसार रास्वपाले ४१ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । त्यस्तै, अघिल्लो संसदको पहिलो दल नेपाली कांग्रेसले ५ र दोस्रो ठूलो दल नेकपा (एमाले)ले ४ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ भने नेकपाले १ क्षेत्रमा अग्रता कायम गरेको छ।
रास्वपाले अग्रता कायम गरेका अधिकांश क्षेत्रमा फराकिलो अन्तर रहेको छ ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया