काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको निर्णय स्वीकार्य रहेको बताएका छन्।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहेको छ, र अहिलेसम्म गणना भएका क्षेत्रमध्ये अधिकांशमा रास्वपा का उम्मेदवार अग्रस्थानमा छन्।

यस परिस्थितिमा उपसभापति शर्माले मतदाताको निर्णय स्वीकार्य रहेको उल्लेख गरेका हुन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्: ‘मतदाताको निर्णय स्वीकार्य छ। ‘बुलेट’ बाट आएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै, ‘ब्यालेट’ बाट आएको रास्वपालाई स्वागत। २०७९ मा प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन। चर्को आशा अर्को निराशामा रूपान्तरण हुनु हुँदैन; देशको मुख्य प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ।’

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com