बारा। बारा निर्वाचन क्षेत्र नं ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरबिन्द साहले स्पष्ट अग्रता कायम गरेका छन् । हालसम्म १० हजार मत गणना हुँदा साहले ६ हजार १३७ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका फरमुल्ला मन्सुरले १ हजार ३२३ मत ल्याएका छन् भने जनता समाजवादी पार्टी (जसपा) नेपालका रामबाबु यादवले १ हजार २३७ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) का भरत साहले १५० मत ल्याएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म कलैया उपमहानगरपालिकाका वडा नं १, २, ३, ४ तथा फेटा गाउँपालिकाका वडा नं ६ र ७ को मतगणना सम्पन्न भइसकेको छ । यो क्षेत्रमा कुल ५ वटा पालिका र ३७ वटा वडा रहेका छन् ।
रास्वपाका साहले दोब्बरभन्दा बढी मतान्तरसहित अग्रता कायम गरेको यो क्षेत्रमा मतगणना क्रममा थप रोचकता थपिएको छ । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना प्रक्रिया पारदर्शी रूपमा अघि बढिरहेको प्रहरी तथा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया