काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना को विजय लगभग सुनिश्चित भएको छ।
हालसम्म २३ हजार २ सय २७ मत गणना हुँदा रञ्जुले १२ हजार ७८ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा ले ५ हजार २ सय १६ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा करिब २९ हजार मत खसेकोमा अब झन्डै ५ हजार मत मात्र गणना हुन बाँकी छ। बाँकी मत संख्या रञ्जुको हालको अग्रताभन्दा कम भएकाले उनको जित लगभग निश्चित भएको हो।
अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र ले ३ हजार १ सय ८५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मोहनराज रेग्मी ले ९ सय ८४ मत पाएका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया