मोरङ । मोरङ निर्वाचन क्षेत्र नं ३ मा मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले स्पष्ट अग्रता कायम गरेका छन् । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार मगरले ५५४ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्कीले २९५ मत ल्याएका छन् । यो क्षेत्रमा कुल १ लाख ५८ हजार ५७ मतदाता कायम रहेका थिए । तीमध्ये ९६ हजार ६७७ मत खसेको थियो ।

advertisement

मतगणना प्रक्रिया अझै जारी छ । पछिल्लो अपडेटमा श्रम संस्कृति पार्टीका मगरले दोस्रो स्थानभन्दा २१८ मतले बढी मत ल्याएर अग्रता लिएका छन् । मतगणना क्रममा थप परिणामहरू आउन बाँकी छ ।

मोरङ ३ मा यो पटकको निर्वाचनमा मतदाताको सहभागिता राम्रो रहेको र मतगणना शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना सम्पन्न भएपछि औपचारिक विजेता घोषणा गरिनेछ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com