काठमाडौं । कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी विना गुरुङ विजयी भएकी छन् ।
भर्खरै सम्पन्न मतगणना अनुसार गुरुङले झण्डै तेब्बर मतान्तरले जित निकालेकी हुन् ।
विनाको ३७ हजार ७ सय ५० मत आउँदा निकटतम प्रतिश्पर्धी नेपाली काँग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत ल्याए ।
तेस्रो बनेका निवर्तमान सांसद एमालेका दामोदर बैरागीको ७ हजार ९ सय ६ मत छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनालले १ हजार ५ सय २५ मत ल्याए भने नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार ४ सय ५६ मत पाए ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया