काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत गुल्मी क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थीले पुनः अग्रता लिएका छन्।
पछिल्लो मतगणनाअनुसार पन्थीले १२ हजार ७३५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गोकर्ण विष्टले १२ हजार १६९ मत ल्याएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले ९ हजार ५७९ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया