काठमाडौं । रूपन्देही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कन्हैया बनियाँ विजयी भएका छन्।
नेकपा एमालेका प्रमोदकुमार यादवलाई हराउँदै बनियाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बनियाँले २८,०६६ मत प्राप्त गर्दै जीत हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका यादवले २०,२६२ मत पाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५,६१३ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया