काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एकमात्र सिटमा अग्रता लिएको छ।
राप्रपाका ज्ञानेन्द्र शाहीले जुम्लामा आफ्नो अग्रता कायम राखेका छन्।
पछिल्लो मत परिणामअनुसार उनले ९,२५९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नरेश भण्डारीले ५,७८४ मत पाएका छन्।
तेस्रो स्थानमा नेपाली कांग्रेसका दीपबहादुर शाही रहेका छन्, जसले ३,२९३ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया