काठमाडौं । गण्डकी प्रदेशमा हालसम्म ५ सिटको परिणाम टुङ्गो लागेको छ। कास्कीका २, स्याङ्जा १, मनाङ र मुस्ताङको अन्तिम नतिजा सार्वजनिक भएको छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ।
रास्वपाका ३ उम्मेदवार विजयी भएका छन् भने नेपाली कांग्रेसका २ उम्मेदवारले जित हासिल गरेका छन्।
रास्वपाले कास्की–२ र ३ तथा स्याङ्जा–१ मा जित निकालेको छ। कास्की–२ मा उत्तमप्रसाद पौडेल, कास्की–३ मा विना गुरुङ र स्याङ्जा–१ मा धनञ्जय रेग्मी विजयी भएका हुन्। उनीहरूले सबैले ठुलो मतान्तरका साथ जीत हासिल गरेका छन्। कास्की–२ मा नेकपा एमाले दोस्रो दल बनेको छ भने कास्की–३ र स्याङ्जा–१ मा कांग्रेस दोस्रो भएको छ।
त्यस्तै, मुस्ताङमा योगेश गौचन विजयी भएका छन् भने मनाङमा टेकबहादुर गुरुङले जीत हासिल गरेका छन्। मुस्ताङमा नेकपा एमाले र मनाङमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दोस्रो भएका छन्।
गोरखा–१ को मतगणना अझै सुरु भएको छैन। बाँकी १२ निर्वाचन क्षेत्रमा अधिकांशमा रास्वपाले अग्रता कायम राखिरहेको छ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया