काठमाडौ । झापा क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्नो अग्रता बढाउँदै लगेका छन्।

उनले नेकपा एमालेका उम्मेदवार तथा अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्।

advertisement

रास्वपा उम्मेदवार शाहले ३४,८६३ मत प्राप्त गरेका छन् भने ओलीले ९,०६८ मत मात्रै पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाह ओलीभन्दा २५,७९५ मतले अगाडि छन्।

यो निर्वाचन क्षेत्रमा अहिलेसम्म ५२,२०७ मत गणना भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालका अनुसार झापा–५ मा कुल मतदातामध्ये ६५.११ प्रतिशत मत खसेको छ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com