काठमाडाैं । जाजरकोटको पछिल्लो मत परिणाम अनुसार नेकपाका नेता शक्ति बस्नेत ‘शक्तिहीन’ देखिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेतले नेपाली कांग्रेसका खडक बिसीलाई पछ्याइरहेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार बस्नेतसँग बिसीले मतान्तर बढाउँदै लगेका छन् ।

advertisement

सुरुवातदेखि नै अग्रता लिँदै आएका नेपाली कांग्रेसका खड्कबहादुर बिसीले अग्रता कायमै राख्दा शक्ति बस्नेत पछ्याई रहेका छन् । विसीले एक हजार ८३९ मतसहित अग्रता कायम राखेका छन् ।

जाजरकोटका ६ वटा पालिकाको पुरै र छेडागाड नगरपालिकाको आधा मत गणना हुँदा बिसीले १३ हजार ७१४ मत ल्याएर अग्रता कायम राख्दा शक्तिबहादुर बस्नेतले ११ हजार ८७५ मतसहित पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका डम्बरबहादुर सिंहले १० हजार ८८५ र रास्वपाले एक हजार २२७ मत ल्याएका छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com