रूकुम पश्चिम। रूकुम पश्चिममा जनार्दन शर्मा पछि परेका छन्।
तत्कालीन नेकपा माओवादी केन्द्र छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेका जनार्दनले रूकुम पश्चिममा शनिबार बिहानसम्म ५ हजार १६० मत प्राप्त गरेका छन्।
त्यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का गोपाल शर्माले अग्रता लिएका छन्।
उनले ७ हजार २७२ मत ल्याएका छन्।
यहाँ नेपाली कांग्रेसका राजु केसीले ४ हजार ८४२ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मानबहादुर शाहीले १ हजार २५१ मत ल्याएका छन्।
एमालेका नन्दराम देवकोटाले ६२१ मत ल्याएका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया