गोरखा। प्रतिकूल मौसमका कारण मतपेटिका संकलनमा ढिलाइ हुँदा गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना अझै सुरु हुन सकेको छैन। उत्तरी गोरखाका दुर्गम क्षेत्रमा रहेका १६ वटा मतदान केन्द्रको मतपेटिका ल्याउन नसकिएका कारण गणना कार्य रोकिएको हो।

शुक्रबार मौसम खराब भएका कारण ती क्षेत्रमा हेलिकप्टर उडान सम्भव हुन सकेन। भौगोलिक विकटता र सडक सञ्जालको पहुँच नभएका चुमनुब्री लगायतका क्षेत्रबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता छ।

advertisement

शनिबार बिहानैदेखि ती बाँकी रहेका मतपेटिकाहरू हेलिकप्टरमार्फत सदरमुकाम ल्याउने प्रयास भइरहेको र सबै मतपेटिका आइपुगेलगत्तै सर्वदलीय बैठक बसेर गणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com