काठमाडौं । रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी अग्रस्थानमा देखिएका छन्।

पछिल्लो मतपरिणामअनुसार बुढाथोकीले ३ हजार ९२ मत प्राप्त गर्दै प्रतिस्पर्धामा अघि रहेका छन्। यद्यपि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार श्यामकुमार श्रेष्ठले पनि समान ३ हजार ९१ मत प्राप्त गरेका छन्, जसले गर्दा दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।

advertisement

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काले २ हजार ९ सय ४७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

त्यस्तै उज्यालो नेपाल पार्टीका दिपबहादुर योञ्जनले २ हजार २ सय ३६ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार माधवप्रसाद ढुंगेलले १ हजार ७ सय ७८ मत प्राप्त गरेका छन्।

रामेछापमा मतगणना जारी रहेको र आगामी मतपरिणामले प्रतिस्पर्धाको चित्र अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com