काठमाडाैं । निर्वाचन क्षेत्र झापा–५ मा रास्वपा बरिष्ठ नेता बालेन शाह बिजयी भएका छन्। ३१ हजार मत गणनाअघि नै उनी बिजयी भैसकेका छन्। औपचारिक नतिजा आउनुअघि नै उनी प्रतिस्पर्धामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा ३५ हजार मतान्तरले अगाडि छन्।

गन्नुपर्ने मतभन्दा मतान्तर नै धेरै भएपछि औपचारिक रुपमा कति मतान्तर र मतको संख्या बालेन र ओलीको पक्षमा पर्छ भन्ने निधो गर्नुअघि नै बालेन बिजयी भैसकेका छन्।

शनिबार १२ बजेसम्म ७५ हजा३७७ गणना गर्दा ओलीले १२हजार ६९९ मत ल्याउँदा बालेनको ४७हजार ७७९ मत ल्याएका छन्। मतान्तर ३५ हजार ८०को छ। अब गणना हुन बाकी ३० हजार ९९५ मत मात्र हो। उक्त क्षेत्रमा १ लाख ६ हजार ३७२ मत खसेको थियो।

एमालेले बालेनको बिजय भैसकेको नैतिक जिम्मेवारी लिएर शनिबार बिहानै बधाई दिएको थियो। एमाले महासचिवले दिएका थिए बालेनलाई बधाई।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com