काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सर्मनाक हार व्यहोरेका छन् । ‘बदल्यो काँग्रेस, अव बदल्छौँ देश’ भनेर हिँडेका थापालाई भोट दिने जनताले भोट नै बदलेर घन्टीमा छाप हानेपछि अन्ततः थापाले हारेका हुन् ।
हारसँगै कांग्रेसको सभापतिबाट राजिनामा दिन उनलाई दबाब परेको छ । राजिनामा नदिए नैतिकताको कुरा उठ्ने, राजिनामा दिए म्यादी सभापतिको ट्याग लाग्ने भएपछि अहिले गगन तनावमा रहेको बुझिएको छ । गगन कुमार थापाले सर्वनाक हार व्यहोरेका छन् । थापालाई सर्लाही-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश कुमार सिंहले भारी मतले हराउने देखिन्छ । अमरेश कुमार सिंहले पहिलाे पटक नेपाली काङ्गेसबाट टिकट पाएर जीतेका थिए, द्राेस्राे पटक काङ्ग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र भएर सर्लाही-४ बाट जीत निकालेका थिए । अहिले उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका थिए । उनकाे जीत लगभग पक्का भइसकेकाे छ ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया